निन्द्रा मा गडबडि ( Sleep disorder)
निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त। सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो 'शरीरको घडी' मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए।उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।सबै मानिसको शरीरमा एउटा 'जैविक घडी' हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ।तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ। केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ। तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ। उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ।सधैँ राति जागा बस्ने मानिसमा स्वास...