Posts

Showing posts from December, 2021

राष्ट्रिय स्वास्थ्य नीति २०७६ National Health Policy 2076 (2019)

Image
राष्ट्रिय स्वास्थ्य नीति २०७६ National Health Policy 2076 (2019) १. पृष्ठभूमि नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । देश संघीय शासन प्रणालीमा गइसकेकोले संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रही गुणस्तरिय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहुँचमा पुयाउन राज्यको दायित्व हो । संविधान बमोजिम राज्यका संघ प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरूको एकल तथा साझा अधिकार सूची, नेपाल सरकारका नीति तथा कार्यक्रमहरू, नेपालले विभिन्न समयमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू एवं स्वास्थ्य क्षेत्रभित्रका समस्या र चनौतीहरू, उपलब्ध स्रोत साधन तथा प्रमाणलाई समेत आधार बनाई राष्ट्रिय स्वास्थ्य नीति २०७६ तर्जुमा गरी जारी गरिएको छ ।  २ समीक्षा नेपालमा सत्रौं शताब्दीमा सिंहदरवार वैद्यखानाको स्थापना संगै आयुर्वेद उपचार पद्धतिको विकास भएको पाइन्छ । वि.सं. १९४७ मा वीर अस्पतालको स्थापना भएसगै आधुनिक चिकित्सा पद्धतिको संस्थागत विकास सुरु भएको देखिन्छ । समग्रमा स्वास्थ्य क्षेत्रको योजनाबद्ध विकास भने वि.सं. २०१३ को प्रथम आवधिक योजनासंगै सरु...