नसर्ने रोगहरुको परिचय र अबस्था



 


परीभाषा 

एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणुको माध्यमबाट नहुने रोग 

लाई साधारणतया नसर्ने रोग (Non Communicable Disease-NCD)  भन्ने गरीन्छ । नसर्ने रोगहरूले 

लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछ । मुटु तथा रक्तनलीको रोग, मधुमेह, 

दिर्घ श्वाश्प्रश्वास सम्बन्धी रोग र क्यान्सर (स्तन र पाठेघरको मुख) प्रमुख ४ नसर्ने रोगहरूको रुपमा 

देखिएको छ । धेरै व्यक्तिहरुको अल्प आयुमै मृत्यु हुनेतथा स्वास्थ्य क्षेत्रमा धेरै धनराशीको खर्च गराउने

यी रोगहरु विश्वमा प्रमुख महामारीको रुपमा देखापरीरहेको छ । 

विश्वव्यापिकरण, शहरीकरण, उमेर बृद्वि  (Aging) जनसंख्या बृद्वि, तथा जीवनशैलीमा आएको परिवर्तन 

तथा बातावरणीय प्रदुषण लगाएतका आदि कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै 

गैरहेको छ । यी कारणले गर्दा नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा देखा 

परिरहेकोछ । 

नसर्ने रोगको भार 

नसर्ने रोगहरुले रोगको रुपमा मात्र नरही सामाजिक, आर्थिक, वातावरणमा र समग्र देश विकासमा 

नै समेत नकारात्मक असर पारिरहेको हुन्छ । नसर्ने रोग लागी सकेपछि जीवनपर्यन्त उपचार गनुपर्ने, 

बढदो धान्नै नसक्ने स्वास्थ्य उपचारको खर्च र व्यक्तिको उत्पादनशिलतामा आउने ह्रास आदि कारणले ्

गर्दा व्यक्ति, परिवार तथा समाजले आम्दानीको ठूलो हिस्सा यसमा खर्च गर्नुपरेको छ । 

बिरामी, अपाङ्गता वा अल्पआयुमै हुने मृत्युको कारणले खेर गएका वर्षहरू (Disability adjusted life year-DALY) मा सबैभन्दा ठूलो अनुपात (५१%) नसर्ने रोगहरूलीको कारणले गर्दा योगदान हुने गर्दछ (NCDI report)

। नसर्ने रोगहरुको उपचारको खर्चको कारणले बर्षेनी हाम्रो जस्तो देशमा थुप्रै घरपरिवार 

गरीबीको रेखामुनी धकेलिएका छन् । 

नसर्ने रोगहरूको प्रकोप 

 विश्वमा नसर्ने रोगको प्रकोप बढिरहेको छ । यसको कारण वर्षेनी करिब ४ करोड १० लाख 

मानिसको मृत्यु हुने गर्दछ । 

 नेपालमा पनि यसको प्रकोप तिव्रगतिमा वृद्धि भइरहेको छ । नेपालमा (WHO को सन् २०१८ 

को Country Profile अनुसार) भएको कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्युको कारण 

नसर्ने रोगबाट भएको थियो । ती मृत्यु मध्ये सबैभन्दा बढी १ करोड ७९ लाख CVD संग, ९० 

लाख क्यानसर संग, ३९ लाख श्वासप्रश्वास संग र १६ लाख मधुमेह सम्बन्धित भएको थियो । 

नेपाल लगायत दक्षिणपूर्वी एसियाका देशहरूमा प्रमुख नसर्ने रोग, विषेश गरी ३० देखि ७० 

वर्ष उमेर समूहका मानिसहरूमा, अल्पायुमै मृत्यको (२२ प्रतिशत) प्रमुख कारणको रुपमा 

देखिएको छ । 

 यसरी परिवारका उत्पादनशील उमेर समूहका सदस्यको अल्पायुमा हुने मृत्युले गर्दा सामाजिक 

तथा आर्थिक विकासमा नकारात्मक असर परिरहेको छ ।

प्रमुख नसर्ने रोगहरु तथा यसको जोखिम तत्वहरु 

नसर्ने रोगहरुको जोखिम दक्षिण पूर्वी एशिया तथा नेपालमा प्रवल रहेको छ । समयमै यस्ता 

जोखिमपूर्ण व्यवहारहरु लाई नियन्त्रण गरिएन भने, यसले दीर्घकालिन रुपमा 

नसर्ने रोगहरूलाई निम्त्याउन सक्दछ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा 

पछि वयस्क/बृद्ध अवस्थामा गएर नसर्ने रोगहरू लाग्नबाट बच्न सकिन्छ । नसर्ने रोगहरू यदि 

प्रारम्भिक अवस्थामै पत्ता लगाई सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने 

जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ ।

नसर्ने रोगहरूका ४ प्रमुख कारक तत्वहरू लाई रोकथाम तथा नियन्त्रण गर्न सके नसर्ने रोगको ८० प्रतिशत रोग भार कम गर्न सकिन्छ भन्ने विश्व स्वास्थ्य संगठनको बुझाई रहेको छ । 

प्रमुख ४ नसर्ने रोगहरूमा 

  1.  मुटु तथा रक्तनलीका रोग (कोरोनरी रक्तनलीको रोग : हृदयघात, मस्तिष्कघात) 
  2.  मधुमेह 
  3.  दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम 
  4. क्यान्सर (स्तन र पाठेघरको मुखको)
नसर्ने रोगहरूका कारक तत्वहरूमा विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहारहरू 
जस्तै :
  1. धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग 
  2.  अस्वस्थकर खानपिन 
  3. अपर्याप्त शारीरिक कृयाकलाप वा ब्यायम 
  4.  मद्यपानको प्रयोग प्रमुख पर्दछन् ।
यस्ता जोखिमपूर्ण व्यवहारले विभिन्न शारीरिक परिवर्तनहरू जस्तै ः– 
 बढी तौल र मोटोपना हुने 
 उच्च रक्तचाप बढ्ने
 रगतमा ग्लुकोजको तथा कोलेस्टेरोलको मात्रा बढ्ने

प्रमुख नसर्ने रोगहरु को अबस्था

1.मुटु तथा रक्तनलीका रोग :

 नेपालमा कुल मृत्युको कारण मध्ये ३० प्रतिशत मुटु तथा रक्तनलीका 
रोगको कारणलेमात्र हुने गर्दछ । सन्२०३० सम्ममा यो बढेर ३५ प्रतिशत 
पुग्ने अनुमान रहेको छ ।
 STEP survey 2013अनुसार महिला (२१ %) र पुरुष (३१ %) मा
उच्चरक्तचाप पाईएको छ भने NDHS 2016 अनुसार महिला (१७ %) र 
पुरुष (२३%) मा उच्चरक्तचाप पाईएको छ । ती मध्ये ९०% of people
उपचार नगराएको पाइएको छ ।
2.  मधुमेह
नेपालमा कुल मृत्युको कारण मध्ये ४ प्रतिशत मधुमेहको कारणले हुने रोगले 
हुने गर्दछ । जसमध्येमहिला (२.७%) र पुरुष (४.६५%) मा मधुमेह कारण 
रहेको छ । मधुमेहले गर्दा लाग्ने अन्य रोगहरको कारणले हुने मृत्यु बढी 
हुनेगरेको छ ।
 सन्२०३० सम्ममा यो बढेर ११ प्रतिशत पुग्ने अनुमान रहेको छ ।
3.क्यानसर :
 नेपालमा कुल मृत्युको कारण मध्ये ९ प्रतिशत बिभिन्न प्रकारको क्यान्सरको 
कारणले हुने गर्दछ भने सन् २०३० सम्ममा यो बढेर १२ प्रतिशत पुग्ने 
अनुमान रहेको छ ।
 अस्पतालमा भएको सन् २००३ देखि २०१२ सम्मको दर्तालाई आधार मानेर 
हेर्दा प्रमुख ३ क्यानसर रहेको पाईन्छ । 
  1.  फोक्सो संग सम्बन्धित क्यान्सर १४.५%
  2.  पाठेघरको मुखको क्यान्सर ११.२ % र 
  3. स्तन क्यानसर ८.४ %
4.दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगहरू:

नेपालमा कुल मृत्युको कारण मध्ये बुढाबुढीमा १० प्रतिशत दीर्घ 
श्वासप्रश्वास सम्बन्धी रोगहरू कारणले हुने गर्दछ । 
 महिला भन्दा पुरुषमा यो रोग दोब्बर भन्दा बढी रहेको छ । 

प्रमुख जोखिम तत्वहरुको अबस्था

1.धूम्रपान र सुर्ति:
नेपालमा कुल जनसंख्याको लगभग ३१ % हाल (current) सुर्तिजन्य 
पदार्थ सेवन गर्छन्। जसमध्ये जम्मा पुरुष मध्ये ४८.१ % ले सुर्तिजन्य 
पदार्थ सेवन गर्छन्।
( जनसंख्याको लगभग १८.५% हाल (current) धूम्रपान गर्छन् भने 
दैनिक (current) धुम्रपान गर्ने १५.८% रहेका छन्। त्यस मध्ये १०.३
% महिलाहरु धूम्रपान गर्छन्।
( लगभग एक तिहाई भन्दा बढी (३६.१%) जनसंख्या दोस्रो तहको 
धुम्रपान संग exposure हुन्छन्।

2.अपर्याप्त शारीरिक कृयाकलाप 
 नेपालमा कुल जनसंख्याको ३.५% शारीरिक रुपमा पूर्ण निष्क्रिय रहेका 
छन्।
 ५३.६% मानिसहरु सिफारिस अनुसार गनुपर्ने शारीरिक गतिविधि 
(Vigorous Exercise) गर्दैनन्।
 शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा बढी निष्क्रियता रहेको छ ।

3.अस्वस्थकर खानपिन 
 नेपालमा सागसब्जी र फलफूलको सेबन केवल एक हप्तामा औसत २ 
दिन खाने गर्दछन् । लगभग ९९% मानिसहरु सिफारिस अनुसार 
खानुपर्ने सागसब्जी र फलफूलको सेबन गर्दैनन्।
 जवान व्यक्तिहरुमा फास्ट फूड प्रयोग गम्भीर रूपमा बढ्दै गएको छ ।
 नुनको मात्रा प्रयोग गर्नुपर्ने भन्दा दुई गुना बढी गरेको पाइएको छ । 
(झण्डै ११ ग्राम प्रति व्यक्ति दैनिक)

4.मोटोपना 
 लगभग २१.६% मानिसहरु शारिरीक तौल बढी भएका तथा र ४५
मानिसहरुमा मोटोपना रहेको छ ।
 २२.७% कोलेस्ट्रल र २५.२% ट्राइग्लिसराइड्स बढेको पाईयो ।

5. मद्यपान 
 १७.४ % मानिसहरु आजको दिनमा (पछिल्लो ३० दिन समेत ) मद्यपान 
गर्दछन्, र १८.६ % पुरुष र २.९% महिलाहरु भारी मात्रामा मद्यपान 
गर्दछन्।
 ४०% पुरुष र १७% महिलाले कुनैबेला मद्यपान गरेका थिए जुन 
SEAR South east asian region  देशहरूमा सबैभन्दा उच्चतम हो ।

6.वायु प्रदुशण 
 ७४% परिवार घरेलू उपयोगको लागि ठोस बायोफियुल्समा निर्भर 
गर्दछ । (cencus 2011)
 शहरी क्षेत्रमा यातायात र औद्योगिक उत्सर्जनको कारणले हुने वायु 
प्रदूषण प्रमुख कारण हो
 लगभग १५.१ % जनसंख्या ३ वा ५ जोखिम तत्वको सयुक्त 
बातावरणीय प्रभाव मा परेका छन्।






Comments

Popular posts from this blog

Health Worker Sandesh Bhujel Saves a Life with Blood Donation at Province Hospital

STP emergency & STP Basic Health Service package 2078

Orthopedic Procedures with C-Arm Machine Begin at Province Hospital, Parbat